द सिनेमा टाइम्स, काठमाडौं । नेपाली नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले अहिले चर्चाको शिखरमा छ । यो गीतले हालसम्म युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ ।
यो गीतले चर्चा बटुली रहेको समयमा निर्माणपक्षले नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर अनि मौसम अर्यालको शब्द रचना तथा गायक योगीकै संगीत छ । रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियोमा सियोन श्रेष्ठको कोरियोग्राफी हेर्न सकिन्छ ।
यो गीतमा सिनेमाका मुख्य अभिनेता विराज भट्ट र डेव्यु अभिनेत्री खुशी कार्की फिचर्ड छन् । यो गीतको छायांकन कर्णली प्रदेशको दैलेखमा गरिएको हो । यो सिनेमामा विराज र खुशीसहित सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी लगायतका कलाकारको अभिनय छ ।
माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा निर्माण भएको सिनेमामा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ । उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको सिनेमाका कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको सिनेमाका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । सिनेमामा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ ।
मानकृष्ण महर्जनकोे डीओपी रहेको सिनेमामा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ । नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको सिनेमाको टिजरले पनि सामाजिक संजालमा दर्शकको मन जितिरहेको छ ।
लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको सिनेमा दर्शकको प्रतिक्षामा छ । बक्स अफिसमा यो सिनेमाले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया