अनिता गिरी फिचर्ड गीत मर्मस्पर्शी गीत ‘मन जलेर खरानी भो’ सार्वजनिक

अनिता गिरी फिचर्ड गीत मर्मस्पर्शी गीत ‘मन जलेर खरानी भो’ सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायिका रचना रिमालको स्वरमा मर्मस्पर्शी गीत ‘मन जलेर खरानी भो’ सार्वजनिक भएको छ । एक जोडीको माया, प्रेम र धोकाको कथा बुनिएको गीतको भिडियोले दर्शकको मन जित्ने देखिन्छ ।

सार्वजनिक गीतमा मुख्य पात्रको रुपमा काम गरेकी अनिता गिरीले प्रेमीबाट धोका पाएपछि बदला लिने युवतीको भूमिका निवार्ह गरेकी छन् । अनिताको भिलेन अवतार दर्शकका लागि सरप्राइज हुने बुझाई उनको छ । यो गीतको भिडियो समेत उनले आफ्नै युटुयुब च्यानल अनिता गिरीबाट सार्वजनिक गरेकी हुन् ।

शुक्रबार सार्वजनिक म्युजिक भिडियोमा ज्ञानेन्द्र गिरीको संगीत तथा केशव बैरागीको शब्द रचना र विशाल निरौलाको संगीत एरेञ्ज अनि साजन शाहको मिक्सिङ/मास्टरिङ छ । यो गीतमा अनिताको अपोजिटमा मोडल विक्रम बुढाथोकी देखिएका छन् ।

विक्रम चौहानको एक्सन तथा निर्देशन रहेको म्युजिक भिडियोको कथा सुनिल दवाडीले लेखेका हुन् । भिडियोमा विक्रम र अनितासहित विनिता दाहाल र अर्जुन खड्काको समेत अभिनय रहेको छ । यो गीतको भिडियोमा प्रकाश खड्का एण्ड टिमको छायांकन, मिलन विश्वकर्माको कलर र लक्ष्मण चौहानको सम्पादन छ ।