द सिनेमा टाइम्स, काठमाडौं । ऋत बोहोराको डेव्यु निर्देशकिय सिनेमा ‘कस्तुरी’को गाउँको केहि दृश्य र गीत बाहेक सम्पुर्ण छायांकन सकिएको छ । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको सिनेमाको छायांकन ३५ दिनमा सकिएको हो ।
निर्देशक बोहोराले केहि गाउँको सिन र गीत बाहेक सिनेमाको छायांकन सकिएको बताए । ‘हामीले सिनेमाको छायांकन ३५ दिनमा सकेका छौं । सिनेमाको गीत र गाउँको केहि दृश्य खिच्न बाँकी रहेको छ । अरु भने कम्प्लेट गरिसकेका छौं,’ उनले भने । काठमाडौं आसपासमा खिचिएको सिनेमा रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्नेछ ।
सिनेमामा निखिल र वर्षासहित शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहनेछ । यो सिनेमामा निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गरेका हुन् ।
टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको कथा निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यसका निर्माता धिरज कुमार अग्रवाल हुन् । उनी यहि सिनेमाबाट निर्माताका रुपमा स्थापित हुने दौडमा छन् ।
अञ्जली चौधरी को-प्रोड्युसर रहेको सिनेमामा आलोक शुक्लाको छायांकन, ललित बिष्टको मुख्य सहायक निर्देशन, प्रशान्त शिवाकोटीको संगीत र निर्माण व्यवस्थापन दिलीप पन्तको छ । छायांकन सकिएपनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन् ।



प्रतिक्रिया