अरुण र पञ्चमी फिचर्ड ‘पहाड’को गीत ‘मोहनी लगानउने’ सार्वजनिक

अरुण र पञ्चमी फिचर्ड ‘पहाड’को गीत ‘मोहनी लगानउने’ सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमा ‘पहाड’को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच रञ्जित गजमेरको संगीतमा रहेको गीत सार्वजनिक गरिएको हो ।

यो गीतलाई संगीतकार गजमेरले सिनेमा ‘चिनो’मा समावेश आफ्नो चर्चित गीत ‘मोहनी लाग्ला है’को शैलीमा तयार पारेका छन् । निर्देशक घिमिरे स्वंयको शब्द रचना रहेको गीतमा भारती घिमिरे, साकार अप्टे, अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ र विपिन कार्कीको स्वर छ । यो गीतमा अभिनेता विपिन कार्कीले हिन्दी लवजमा र्‍याप गाएका छन् ।

सिनेमाको यस गीतको भिडियोमा विपिनसहित पञ्चमी घिमिरे, अरुण क्षेत्री, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी लगायतलाई देख्न सकिन्छ । पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेकी छन् । यो गीतले सहरमा भीड भएपनि मान्छे एक्लो हुने सन्देश दिँदै गाउँको सौन्दर्य र मानिसहरूबीचको आत्मीयताको वर्णन गरेको छ ।

यसबाट निर्देशक घिमिरेले सिनेमाको कथावस्तुबारे जानकारी दिन खोजेको देखिन्छ । सिनेमाले बसाइँ सराईका कारण रित्तिँदै गएको पहाडी भूगोललाई केन्द्रमा राखेर गाउँ र सहरबीचको धरातलीय यथार्थ पस्किएको छ । गीतमा पनि यही भाव भेटिन्छ । यो सिनेमा नेपाली नयाँ वर्षको अवसर पारेर बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

भाग्यरत्न फिल्म्सको ब्यानरमा निर्माण भएका सिनेमामा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, स्वर्गिय सुनिल थापा, विपिन कार्की, प्रियंका कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, पञ्चमी घिमिरे, भारती घिमिरे, रवीन्द्रसिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा निर्देशक घिमिरे स्वयंको लेखन छ ।

यो सिनेमाका निर्माताहरू सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी हुन् । प्रस्तुतकर्तामा उत्तम रसाइली रहेका छन् । सिनेमामा प्रमोद प्रधानको छायांकन, भारती घिमिरे र शंकर कोइरालाको सम्पादन, रञ्जित गजमेरको संगीत, कविराज गहतराज र मिङ्मा डिलेप्चाको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।

सिनेमाको प्रोडक्सन म्यानेजरको जिम्मेवारी निर्देशक घिमिरेकी जेठी छारी भावना घिमिरेले सम्हालेकी हुन् ।