द सिनेमा टाइम्स, काठमाडौं । रामनवमीको अवसर पारेर चैत्र १३ शुक्रबारबाट देशभरका हलमा सिनेमा ‘हामी तीन भाइ’ प्रदर्शनमा आएको छ । देशभर करिब १ सय शो सहित प्रदर्शनमा आएको हो । यो सिनेमाले दर्शकको मन जित्नेमा निर्माण टिम ढुक्क देखिएको छ ।
सिनेमाले दर्शकलाई सामाजिक कथामा कमेडी, पारिवारिक खटपट तथा सन्देश पनि दिने निर्माण पक्षले जनाएको छ । सिनेमालाई मधुसुदन भट्टराईले निर्देशन गरेका हुन् । केहि दिनअघि सिनेमाले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको छ । यो सिनेमालाई हरेक उमेरका दर्शकले हेर्न पाउने भएकाले पनि निर्देशक भट्टराई उत्साहित छन् ।
कमेडी तथा सामाजिक कथामा आधारित सिनेमामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, सुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, विरेन श्रेष्ठ, खिन्न बहादुर भण्डारी (भोले), भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतको अभिनय छ ।
प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमालाई त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता रहेको सिनेमामा सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे र विशेष सहयोगी शम्भु कुमार केसी छन् । साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन रहेको सिनेमामा साप शक्ति, बाबुल गिरीको संगीत, कमल राई, इन्द्र देव महर्जनको कोरियोग्राफी, सम्राट थापाको पार्श्व संगीत, रेनिश फागोको रंग संयोजन, रामजी राउत र ज्ञानकुमार कट्टेलको मुख्य सहायक निर्देशन, देव महर्जनको द्धन्द्व निर्देशन छ ।


प्रतिक्रिया