पिके डनको डेब्यू निर्देशकीय ‘तरङ्ग’को फर्स्टलूक सार्वजनिक

पिके डनको डेब्यू निर्देशकीय ‘तरङ्ग’को फर्स्टलूक सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । प्रदीपकुमार चौधरी (पिके डन)को डेब्यू निर्देशकीय सिनेमा ‘तरङ्ग’को फर्स्टलूक सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको हो ।

सार्वजनिक पोस्टरमा मुख्ख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । सिनेमामा वरुण र रविनासहित बारत लिम्बु, कृष्ण थापा, सारा राई, उज्वल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरीको अभिनय छ ।

सिनेमाको कथा निर्देशक चौधरीको नै हो । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको सिनेमामा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलको छायांकन रहेको ‘तरङ्ग’मा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत, सुशील डंगोल र सुदीप श्रेष्ठको पार्श्व ध्वनी र निर्माण व्यवस्थापक रिजन परियार हुन् ।

मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको सिनेमाको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । यो हप्ता सिनेमाको आधिकारिक रिलिज मिति सार्वजनिक गरिने निर्देशक चौधरीले बताए ।

सिनेमाको निर्माणमा देवदत देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ । सिनेमालाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन् । समाजमा देखिँदै र भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा सिनेमा तयार भएको निर्माण टिमको दाबी छ ।