जेठ १५ गते गणतन्त्र दिवसमा ‘कुम्भ’ रिलिज घोषणा

जेठ १५ गते गणतन्त्र दिवसमा ‘कुम्भ’ रिलिज घोषणा

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ १५ गते गणतन्त्र दिवसमा सिनेमा ‘कुम्भ’ रिलिज घोषणा गरिएको छ । सार्वजनिक विदा भएकाले यो मितिमा सिनेमा रिलिजका लागि निर्माताहरूको रोजाइमा परेको हो । यसअघि यो मिति सिनेमा ‘रोल नं १’ले प्रदर्शन घोषणा गरिसकेको छ । मंगलबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै यो मिति ‘कुम्भ’ रिलिज हुने घोषणा गरेको छ ।

रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अशोक आर्यन, सुनिल थापा, सुशील पोखरेल, सृष्टि खड्का, रोहित रुम्बा, अफ्सना थापा, दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर लगायतको अभिनय रहेको छ । एक्सन लभस्टोरी कथामा निर्माण भएको यो सिनेमाको शुक्रबार ‘स्वर्गकी परी’ बोलको पहिलो गीत सार्वजनिक गरिँदैछ ।

ए.रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जनाइएको छ । रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको सिनेमाको छायांकन र सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गरेका हुन् । द्वन्द्व निर्देशन सञ्जय थापा (नेपाल) र प्रदीप खड्का (भारत)को रहेको सिनेमामा रोबर्ट बडाइलाको कोरियोग्राफी तथा शैलेन्द्र बाबु प्रधानको पार्श्व संगीत छ ।