रुपेशको ‘एक्का तीन’मा पुष्प खड्का अनुबन्धित, पुजासँग जोडी बाँधिदै

रुपेशको ‘एक्का तीन’मा पुष्प खड्का अनुबन्धित, पुजासँग जोडी बाँधिदै

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रुपेश तामाङको निर्देशनमा निर्माण हुने सिनेमा ‘एक्का तीन’को मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । आगामी जेठ महिनाबाट छायांकन सुरु हुने सिनेमाको कलाकार छनोट र प्रि-प्रोडक्सनको तयारी अन्तिममा पुगेको जानकारी दिइएको हो ।

यो सिनेमामा अभिनेत्री पूजा शर्मा यसअघि नै फाइनल भइसकेकी छिन् । सिनेमामा अभिनेता पुष्प खड्का जोडीको रुपमा देखिनेछन् । केही समय अगाडी नै पुष्पसँग कागजी संझौता गर्दै निर्माण टिमले कलाकारको लाइनअप बलियो बनाइरहेको छ ।

यो सिनेमालाई एक्सन जनरामा निर्माण गर्ने तयारी निर्देशक रुपेशको छ । सिनेमामा पुष्पको भूमिका के हुन्छ भन्ने खुलाइएको छैन् । तर, पुजासँगै एक्सन अवतारमा प्रस्तुत हुने बताइएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, सिनेमाबाट एक-एक जना डेव्यु अभिनेता र डेव्यु अभिनेत्रीलाई भित्राउने तयारी पनि गरिएको छ ।

जुना फिल्मस् र अधिरा फिल्मस्‌को व्यानरमा निर्माण हुने सिनेमाको कथा सुमन गजमेरले कथा लेखेका हुन् । पुष्प र पूजाले यसअघि ‘३६ को आँकडा’मा पनि काम गरेका थिए । केही म्युजिक भिडियोमा काम गरेका यी दुइलाई दर्शकले ठूलो पर्दामा प्रतिक्षा गरिरहेका छन् ।