द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर तथा सत्य र स्वरुप आचार्यको संगीत अनि सुरेन्द्र रानाको शब्द रचना छ ।
विवाहको सेटअपमा खिचिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा र सिर्जना अधिकारीले नृत्य गरेका छन् । ग्रामिण परिवेशको गीतको भिडियोमा रामजी लामिछानको कोरियोग्राफी हेर्न सकिन्छ । यसअघि सार्वजनिक सिनेमाको ‘उडि जाउँ भने, म पंक्षी होइन’ बोलको गीतले यतिवेला दर्शकमाझ लोकप्रियता कमाई रहेको छ ।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्मित गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित सिनेमामा किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको पनि अभिनय छ । लक्ष्मण सुनारले निर्देशन गरेको सिनेमामा संकल्प भुजेलको छायांकन छ ।
सुशील पोखरेलको लगानी रहेको सिनेमाको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् । सिनेमामा मिलन श्रेष्ठको सम्पादन, कनाल कँवरको रंग संयोजन समिर मिया र सत्यम रानाको भिएफएक्स, शाहिल खानको टिजर तथा ट्रेलर सम्पादन, किरण तुलाधरको पार्श्व संगीत, शान्ति ठटाल, सत्य–स्वरुप आचार्य र प्रकाश सपुतको संगीत छ ।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको सिनेमालाई आरआर फिल्मसले वितरण गर्नेछ ।


प्रतिक्रिया