‘कुम्भ’को पहिलो गीत ‘स्वर्गकी परी’ रोमान्टिक देखिए अशोक र सृष्टि

‘कुम्भ’को पहिलो गीत ‘स्वर्गकी परी’ रोमान्टिक देखिए अशोक र सृष्टि

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रन्धिर श्रेष्ठको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कुम्भ’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रोमान्टिक गीत ‘स्वर्गकी परी’ सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा डेव्यु अभिनेता अशोक आर्यन र डेव्यु अभिनेत्री सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा अन्जु पन्त र अनुप तिवारीको स्वर तथा निर्देशक श्रेष्ठको शब्द रचना तथा अनुप तिवारीको संगीत छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली विशेष अतिथिको रूपमा उपस्थित थिए ।

डेव्यु निर्देशक रन्धिर श्रेष्ठले सिनेमा टेक्निकल रुपमा राम्रो बनेको र एक्सनमा केहि नयाँ प्रयोग गरिएको बताए । साउथ इन्डियन सिनेमा ‘कान्तारा’मा काम गरेका द्वन्द कलाकारले मेरो सिनेमामा काम गर्नु भएको छ । डेव्यु अभिनेता अशोक आर्यनले आफ्नो पहिलो सिनेमा भएपनि आफुले सक्दो मेहनत गरेको बताए ।

ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा ‘कुम्भ’ नेपाली र हिन्दी भाषामा प्रदर्शन गरिने छ । सिनेमामा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ । एक्सन विधामा निर्माण गरिएको सिनेमामा अशोक र सृष्टिसहित स्व.सुनिल थापा र सुशील पोखरेल रोहित रुम्बा, अफ्सना थापाको मुख्य भूमिका रहेको छ । सिनेमाको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको छ ।

छायांकन तथा सम्पादन स्वयं निर्देशक श्रेष्ठले गरेको सिनेमा संजय थापाको द्धन्द्व निर्देशन तथा निर्मातामा स्वयं निर्देशक श्रेष्ठ र राजेश साह अनि कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन् । सिनेमाको गीत आरएए डिजिटल नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।