द सिनेमा टाइम्स, काठमाडौं । आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मितज्यू’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक सिनेमाको २ मिनेट ३ सकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो ।
ग्रामिण परिवेशमा गाडी चलाउँदै जिविका चलाएका दयाहाङ राई, सौगात मल्ल एउटी केटीको लागि झगडा गर्छन् । उनीहरु झगडा गरेको गरै गरेपछि मित लगाउँछन् । उनीहरु नजुधुन् भन्ने हिसावले मित लगाइएको हुन्छ । हराउँदै गएको मितेरी साइनोलाई दर्शकले यो २ मिनेट लामो टिजरमार्फत निर्देशकले झल्को दिलाएका छन् ।
पुराना पुस्तामाझ लोकप्रिय रहेको यो मितेरी साइनोलाई नयाँ पुस्ताका लागि निर्माण पक्षले कथा बनाएको छ । हात हेराउन ज्योतिषको पुगेका दयाहाङ र सौगातलाई परस्त्रीसँग लसपस त भएको छैन् । त्यसले विश्वकर्माको कृपा तपाईमाथी घट्ने देखिन्छ भनेपछि अतालिन्छन्। यसैको सेरोफेरोमा टिजरले भन्छन् ।
सार्वजनिक टिजरमा दयाहाङ, सौगातका अलवा खबपु, तेरिया फौजा मगर, अनु थापा, शिशिर वाङ्देल लगायतलाई देख्न सकिन्छ । सिनेमामा पुस्कर गुरुङ, वाङ्देल, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ । यो सिनेमाबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमामा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का छन् ।
सिनेमामा श्रीकृष्ण बम मल्लको संगीत, संगीतकार मल्ल, मेलिना राई र लक्ष्मी मल्लको स्वर सुन्न सकिन्छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ । सिनेमाको यसअघि सार्वजनिक गीत ‘गैराघरे काँइली’ले दर्शकको मन जितेकाले निर्माण पक्ष टिजरलाई लिएर समेत उत्साहित छ ।


प्रतिक्रिया