प्रियंका अभिनित ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक

प्रियंका अभिनित ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘मास्टर्नी’को पहिलो झलक सार्वजनिक भएको छ । मंगलबार नेपाली नयाँ वर्ष अवसरमा आयोजित पत्रकार सम्मेलनमा दर्शकमाझ सिनेमाको फर्स्टलुक ल्याइएको हो ।

लामो समयदेखि कथानक सिनेमा निर्माणमा संलग्न हुने बताउँदै आएकी प्रियंकाले गुपचुप ढंगले यो सिनेमाको छायांकन सकेकी हुन् । यसअघि आयंका फिल्मस्‌ले वेब सिरिज बनाइरहेपनि पहिलोपटक कथानक सिनेमा निर्माण गरेको हो ।

काठमाडौं र पोखरामा १७ दिनमा छायांकन सकिएको जनाइएको छ । भारतीय निर्देशक सुभेन्दु घोषले यो सिनेमाको निर्देशन गरेका हुन् । यो सिनेमामा प्रिंयका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा छन् ।

क्याबिनेट शार्क ट्यांक नेपालका शार्कसहित अग्नि समूहका प्रमुख हुन् । यो सिनेमाबाट अग्नि समूहले सिनेमा निर्माणमा समेत हात हालेको हो । ‘मास्टर्नी’को कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा छिन् ।

क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको सिनेमामा प्रियंकासहित सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् ।

आयंका फिल्म्सले निर्माण गरेको सिनेमाको कथा प्रियंका स्वयमको हो । सिनेमाको पटकथा तथा संवाद सान बस्न्यातको लेखेका हुन् । यो सिनेमा आगामी भदौ १२ देखि रिलिज हुनेछ । हिन्दी र नेपाली भाषामा रिलिज हुने सिनेमाको डिजिटल राइट्स ओएसआरले किनेको छ ।