भदौ १९ गतेबाट ‘कमेडी दरबार’ टिमको ‘ककाकिकी’ देशव्यापी प्रदर्शनमा आउने

भदौ १९ गतेबाट ‘कमेडी दरबार’ टिमको ‘ककाकिकी’ देशव्यापी प्रदर्शनमा आउने

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’ टिमले निर्माण गरेको सिनेमा ‘ककाकिकी’ आगामी भदौ १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू गौरी मल्ल, तृप्ती नाडकर, रेखा थापा र महेश त्रिपाठी पात्र अनुसारको लुक्समा प्रस्तुत छन् । उनीहरूको गेटअपले सिनेमाप्रति दर्शकको चासो बढाउने देखिन्छ । विशेषगरी रेखाको गेटअप अझ प्रभावशाली देखिएको छ । पोस्टर हेर्दा सिनेमा पारिवारिक द्वन्द्वमा आधारित रहेको देखिन्छ ।

विक्की अग्रवाल र श्रद्धा प्रसाईको संयुक्त निर्देशनमा निर्माण भएको सिनेमामा मनोज गजुरेल, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, एलिसा भोग लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

माया इन्टरटेनमेन्ट स्टुडियोको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा ओएसआर डिजिटलकी प्रबन्ध निर्देशक सुमित्रा थापा र श्रद्धा प्रसाई छन् । सिनेमामा विक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीको स्क्रिप्ट लेखन रहेको छ । पटकथा विक्की स्वयंले तयार पारेका हुन् भने कन्सेप्ट सुमन अग्रवालको हो । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।