सुशील र न्यान्सीको ‘अक्षरा’ शुभमुहूर्त, कहिलेबाट सुरु हुँदैछ छायांकन ?

सुशील र न्यान्सीको ‘अक्षरा’ शुभमुहूर्त, कहिलेबाट सुरु हुँदैछ छायांकन ?

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लामो समयदेखि नेपाली सिनेमाका क्षेत्रमा मुख्य सहायक निर्देशकको रुपमा कार्यरत विनयराज पौडेलको निर्देशनमा निर्माण हुने सिनेमा ‘अक्षरा’को शुभमुहूर्त गरिएको छ । शुक्रबार काठमाडौंको गुह्येश्वरी मन्दिरमा सिनेमाको शुभमुहूर्त गर्दै मुख्य कलाकारमा सुशील सिटौला र न्यान्सी खड्का रहने जानकारी गराइयो ।

यो सिनेमामा सुशील र न्यान्सीको जोडी बाँधिने भएको छ । पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी न्यान्सीले सिनेमा ‘१२ गाउँ’बाट डेब्यू गरेकी थिइन् । फिल्मको मुहूर्त समारोहमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै सुशील र न्यान्सीको मुहूर्त सट लिइएको थियो ।

मधुसुदन भट्टराईले निर्देशन गरेको सटमा लव प्याकुरेलले क्लयाप, शंकर महर्जनले ‘रोल’ भनेसँगै दिनेश महराले क्यामेराको ‘स्वीच अन’ गरेका थिए । वितरक दीपक दंगालले नरिवल फुटाउँदै सिनेमाको शुभारम्भ गरेका हुन् ।

क्षिति बाबु प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा सुशील र न्यान्सीसहित सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिश्ता अधिकारी, गीता अधिकारी, विरेन्द्र कुशवाह, सिर्जना अधिकारी, रोनक खड्का, प्रीसा ढुंगाना लगायतको अभिनय रहनेछ । सिनेमाको निर्मातामा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना तथा सुरज थापा काजी कार्यकारी निर्मातामा छन् ।

दीपेन बस्न्यातले छायांकन गर्ने सिनेमामा गौतमराज खड्काको सम्पादन, कर्णराज गिरीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, मदन न्यौपानेको श्रृंगार तथा प्रार्थना भट्टराईको भेषभुषा रहनेछ । सिनेमाको पटकथा तथा संवाद अभिमन्यु निरवीले लेखेका हुन् । सिनेमाको वितरण नेशनल सिने ग्रुप नेपालका दीपक दंगालले गर्नेछन् ।

यो सिनेमाको आज बुद्ध पूर्णिमाको अवसर पारेर शुभमुहूर्त गरिएको भएपनि छायांकन कहिलेबाट सुरु हुने त्या जानकारी निर्माण टिमले दिएको छैन् ।