महानगर र उपमहानगरपालिका बाहेकका क्षेत्रमा हल खोल्दा १० वर्षसम्म आयकर छूट

महानगर र उपमहानगरपालिका बाहेकका क्षेत्रमा हल खोल्दा १० वर्षसम्म आयकर छूट

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ सिनेमा हल खोल्नेलाई सुरुका १० वर्षसम्म आयकर छूट दिने भएको छ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ सिनेमा हल स्थापना गर्नेलाई सुरुको १० वर्षसम्म पूर्ण रूपमा आयकर छूट दिने व्यवस्था मिलाएको छु ।’ सरकारले यो घोषणा गरेसँगै प्रदर्शकहरूले त्यसको स्वागत गरेका छन् । हल व्यवसायीहरूले लामो समयदेखि सरकारसँग नयाँ हललाई आयकर छूटको माग गर्दै आएका थिए ।

त्यसो त नेपाल सरकारको बजेटमा हरेक पटकको बजेटमा सिनेमा क्षेत्र उपेक्षित हुँदै आएको छ । गाउँ र नगरपालिकामा खुल्ने हललाई कर छूट दिने घोषणाबाहेक यसपटकको बजेटमा सिनेमा क्षेत्रका अन्य विषय भने सम्बोधन भएका छैनन् । सिनेमा स्टुडियो बनाउनेदेखि नेपाली सिनेमालाई प्रवद्र्धन गर्ने कुनै पनि विषय बजेटमा नसमेटिएपछि सिनेमाकर्मीहरू निराश बनेका छन् ।