द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको ‘चमेलीको पोइ’ दशैंको छेको पारेर असोज १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माताले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको नयाँ प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । यसअघि गत वर्षको चैत १३ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको थियो ।
सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य जोडी सुरक्षा पन्त र मुकुन भुषाल देखिएका छन् । सुरक्षाले मुकुनको दुईवटै खुटा समातेर भुइँमा तानिरहेको देख्न सकिन्छ । मुकुन भने रुन्चे अनुहारमा कसैसँग सहयोग मागिरहेका छन् । यसले पत्नीबाट पीडित पुरुषको कथामा सिनेमा आधारित रहेको संकेत गर्छ । यद्यपि, निर्माण टिमले कथावस्तुबारे जानकारी गराएको छैन ।
सिनेमामा सुरक्षा र मुकुनसहित नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, रितु मल्ल ठकुरी, धनलक्ष्मी बोहरा, श्रेया नारायणलगायतका कलाकारहरूको अभिनय रहेको छ । नारायण त्रिपाठीले यो सिनेमाबाट दुई दशकपछि अभिनयमा कमव्याक गरेका हुन् ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा सुनिता सापकोटा र रामनारायण उपाध्याय रहेका छन् । कार्यकारी निर्मातामा उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य हुन् । सिनेमाका गीतमा राजनराज सिवाकोटी र आशिष अविरलको संगीत, कविराज गहतराजको कोरियोग्राफी तथा कुमार महर्जनको द्वन्द्व निर्देशन छ ।



प्रतिक्रिया