द सिनेमा टाइम्स, काठमाडौं । हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘भागदौड’ आगामी असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माण टिमले सिनेमाको दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्ख कलाकारलाई तनावपूर्ण अवस्थामा देखिएका छन् । यसले रहस्यमय कथाको संकेत गर्छ ।
विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको सिनेमामा देशभक्त खनाल, लक्ष्मी गिरी, अनिशा श्रेष्ठ, घनश्याम जोशी, विशाल पोखरेल, शेखर चापागाईं, शंकर महर्जन, शारदा राई (सारा), सुवास तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा अंगिरा थापा कार्यकारी निर्माता तथा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी सह-निर्माता रहेका छन् ।
निर्देशक उप्रेतीका अनुसार सिनेमाले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटको कथा देखाउनेछ । यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङमती र बागमती नदी किनारको आसपासमा केन्द्रित रहेको उनले बताए । सिनेमाले दर्शकलाई नयाँ अनुभव दिने उनको विश्वास छ ।
सुप्रिम म्यूजिक एण्ड फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत, मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमल्सिनाको गायन तथा दिनेश जंग रानाको भिएफएक्सन रहेको छ । सिनेमाको देशव्यापी वितरण दीपक दंगाल नेतृत्वको नेशनल सिने ग्रुप नेपालले गर्नेछ ।



प्रतिक्रिया