‘अक्षरा’को छायांकन ३७ दिनमा सकियो, भदौं २६ गते रिलिज हुने

‘अक्षरा’को छायांकन ३७ दिनमा सकियो, भदौं २६ गते रिलिज हुने

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । विराज भट्टको निर्माण तथा निर्देशित सिनेमा ‘१२ गाउँ’ डेव्यु अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘अक्षरा’को छायांकन सकिएको छ ।

मंगलबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित उत्तरवाहिनी मन्दिरमा अन्तिम दृश्य खिचिएसँगै ३७ दिनमा सिनेमाको छायांकन पूरा भएको हो । यो मन्दिरमा दुई दिनसम्म तीज गीत ‘नाचौं न बरि लै’ छायांकन गरिएको थियो ।

विनयराज पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा न्यान्सीसहित सुशील सिटौला, रिस्ता बस्नेत, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, सृष्टि खड्का, रोनक खड्का, प्रिसा ढुङ्गानालगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाले महिला सशक्तिकरण र सामाजिक समानताको सन्देश दिने जनाइएको छ ।

हरितालिका तीजको अवसर पारेर आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमाका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद लेखन रहेको सिनेमाको छायांकन दिपेन बस्न्यातले गरेका हुन् । यो सिनेमामा द्वन्द्व निर्देशन शंकर महर्जनको रहेको छ ।