राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित

राजु श्रेष्ठको ‘कंगाल करोडपति’मा मुकुन भुषाल अनुबन्धित

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । राजु श्रेष्ठको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘कंगाल करोडपति’को मुख्य भूमिकामा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन् । यो निर्देशक श्रेष्ठको डेव्यु सिनेमा समेत हो ।

प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने सिनेमामा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले जोडिएको बताए । ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने ।

अभिनेता भुषाल अभिनित फिल्म ‘रोल नम्बर १’ हाल नेपाली सिनेमाघरमा प्रदर्शनरत छ । सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता अनिलकुमार बुढाथोकी हुन् । सह-निर्मातामा छिरिङ तामाङ रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।

सिनेमाको हाल कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ । सिनेमाका लेखक सुमन गजमेर हुन् । निर्माण पक्षले सिनेमाको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ ।

डेव्यु निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी सिनेमा छायांकनको तयारी छ ।