द सिनेमा टाइम्स, काठमाडौं । एभरेष्ट सूर्य बोहरा निर्देशीत सिनेमा ‘चमेलीको पोइ’को नयाँ पोस्टरले सार्वजनिक भएसँगै चर्चा पाएको छ । आगामी असोज १६ गतेबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको सिनेमाको शुक्रबार सार्वजनीक पोस्टरमा चर्चित हाँस्य कलाकार नारायण त्रिपाठीलाई बिचित्र अबस्थामा प्रस्तुत गरिएको छ । प्रेम चरो उपनामले समेत चिनिने त्रिपाठी डेढ दशकअघिसम्म सिनेमा अभिनयमा ब्यस्त थिए ।
एकाएक अमेरिका उडेपछि उनी अब यही सिनेमामबाट पुनः दर्शकमाझ आउदैछन् । हाँस्य कलाकारितामा जमेका उनी ‘चमेलीको पोइ’को सेकेन्ड लुक्स पोस्टरमा अर्धनग्न अबस्थामा छन् । उनको मुहारमा लात्तीमुक्का बज्रीएर लागेको चोटका निसानीहरु देखिएका छन् भने कपडा च्यातिएको तथा कुटाइ खाएर भागीरहेकोजस्तो स्थिति उनको देखिन्छ ।
फर्स्टलुक पोस्टरबाटै दर्शकको ध्यान खिचेको सिनेमाको अहिलेको पोस्टरमा त्रिपाठीको अर्धनग्न स्वरुपका साथमा मुख्य कलाकार सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन बिक्रम राई, रामनारायण उपाध्याय, सुदिप कुँवर र उमेश राईलाई समेटिएको छ । यीसहित सिनेमामा प्रेमदेव गिरी, रबिन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह, रितु मल्ल ठकुरीलगायतको अभिनय छ ।
सार्वजनीक प्रदर्शनमा आउनुभन्दा केही साताअघि अर्थात ९ अगष्टमा अमेरिकाको टेक्सासमा बिशेष शो आयोजना गर्न लागीएको सिनेमाको कथा पनि निर्देशक बोहरा स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई शिवम अधिकारीले सघाएका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित सिनेमाको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा छन् ।
कार्यकारी निर्मातामा उदय बिक्रम राणा, रितु मल्ल ठकुरी र कपील आचार्य छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोडयुसर छिन् । सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, यमप्रसाद ओली र प्रदिपकुमार सापकोटा सह–निर्माता रहेको सिनेमा मुस्ताङ, पोखरा र काठमाडौंमा खिचिएको हो । सिनेमालाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।



प्रतिक्रिया