द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा ‘रत्यौली’को प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा फागुनको २१ गतेबाट विश्वव्यापी रुपमा प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।
नाईटिङ्गेल ईन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको व्यानरमा सुरज आचार्य निर्माता रहेको सिनेमालाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । सिनेमामा अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने फाइनल भइसकेका छ । यो सिनेमाको छायांकन भदौबाट सुरु हुँदैछ ।
महाशिवरात्री र नारी दिवस परेकाले सिनेमाको प्रदर्शन मिति फागुन २१ लाई घोषणा गरिएको वितरक करण श्रेष्ठले बताए । सामाजिक कथावस्तुमा निर्माण हुने सिनेमाको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । सिनेमाको पोष्टर सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । सिनेमाको वितरण रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले गर्दैछन् ।



प्रतिक्रिया