‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनीक

‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर..’ सार्वजनीक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर..’ गत शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनीक गरियो ।

बाबुल गिरीको शब्द र संगीतमा रहेको डान्सिङ नम्बरमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर छ । सार्वजनिक गीतको भिडियोमा नीति शाह, प्रभातपाल ठकुरी, राजश्री थापा लगायतका कलाकार फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा निर्माण भएको सिनेमा आगामी ९ असोजमा देशब्यापी प्रदर्शनमा आउने छ । गीत रिलिज कार्यक्रममा गायक राजनराज र गायिका रचनाले बदाम खजुर, दर्शन सलाम ढोग दियाँ जदौ हजुर…गाएर माहौल तताएका थिए । गीतकार, संगीतकार तथा गायकको रुपमा स्थापीत राजनराजले पहिलोपटक गीतमा स्वर मात्रै दिएको बताए । गायिका रचना रिमालले राजनराजसँग यो नै पहिलो पार्श्व गायन भएको बताइन् ।

समीश्रण मुभीज एण्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको ‘जदौ’ मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रतातपाल ठकुरी, राजश्री थापा, विनोद न्यौपाने, नरेश पौड्याल, गीता अधिकारी, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटालगायतका कलाकारले अभिनय गरेका छन् ।

यो सिनेमा गीत रिलिज कार्यक्रममा अभिनेत्री नीतिले ‘जदौ’ अहिले आइरहेका भन्दा अलि भिन्न, यथार्थपरक कथामा निर्माण गरिएको बताउँदै दर्शकलाई मन पर्ने आशा ब्यक्त गरिन् । अभिनेता मुकुनले दर्शकले ‘जदौ’ मा आफूलाई एक वास्तविक पात्रको रुपमा पाउने उल्लेख गरे भने अभिनेता प्रभातपालले यो सिनेमा आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताए । यही सिनेमाबाट डेब्यु गरेकी अभिनेत्री राजश्रीले आफ्नो पहिलो प्रयास दर्शकलाई मन पर्ने बिश्वास ब्यक्त गरिन् ।

निर्देशक शर्माले आफूहरुले अब्बल सिनेमा निर्माण गर्न कुनै कसर बाँकी नराखेको बताए । लेखकसमेत रहेका अर्का निर्देशक काजीले ‘जदौ’ले भरपुर मनोरञ्जनका साथमा समाजोपयो सन्देशसमेत प्रवाह गर्ने धारणा ब्यक्त गरेका थिए । श्याम तामाङ र नवराज उप्रेतीले खिचेको सिनेमाको सह–निर्मातामा राजाराम सुवेदी, सुमीत्रा देवकोटा, दीपक पोखरेल, नारायण शास्त्री र डिल्ली पोखरेल छन् ।

सृजना शर्मा र मनिष शर्मा निर्माता अनि शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको सिनेमाको प्रोडक्सन हेडमा बिमला भण्डारी छिन् । यो सिनेमालाई एनजिसिएन ग्रुपले देशब्यापी रुपमा बितरण गर्दैछ ।