नीर शाहले निर्देशन गर्ने ‘प्रिन्स’को गीत रेकर्ड गर्दै नर्मिाण प्रक्रयिा सुरु

नीर शाहले निर्देशन गर्ने ‘प्रिन्स’को गीत रेकर्ड गर्दै नर्मिाण प्रक्रयिा सुरु

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बरिष्ठ अभिनेता तथा निर्देशक नीर शाहले १० वर्षपछि निर्देशनमा कमव्याक गरेको सिनेमा ‘कमला मिस’ आगामी साउन २२ गते प्रदर्शन हुँदैछ । तर, यो सिनेमा रिलिज नहुँदै निर्देशक शाह नयाँ सिनेमाको निर्माण तयारीमा जुटेका छन् । उनको निर्देशनमा बन्ने लागेको सिनेमा ‘प्रिन्स’को शुक्रबार पहिलो गीत रेकर्ड गर्दै निर्माण प्रक्रिया सुरु गरिएको हो ।

रेड चिल्ली फिन टेकको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको पहिलो गीतमा नीर शाहको शब्द, शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ । सिनेमाको कथा नीर शाह आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन् । सिनेमाको छायांकन सौरभ लामाले गर्नेछन् ।

यस वर्ष ‘परान’बाट करिअरमै पहिलो पटक उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड जितेका शाहले सन् २०१५ मा ‘सेतो बाघ’ बनाएपछि १० वर्ष सिनेमा निर्देशन गरेका थिएनन् । अब भने उनी निर्देशनलाई निरन्तरता दिने योजनामा देखिन्छन् । उनले निर्देशन गरेका ‘बासुदेव’, ‘पच्चिस वसन्त’, ‘वसन्ती’, ‘मसान’ जस्ता सिनेमा कालजयी मानिन्छन् ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा (प्रेम बम्जन) लाइन प्रोड्युसर रहेको सिनेमाको छायांकन भदौमा गरिने जनाइएको छ । कलाकार र प्राविधिक टोलीको नाम केही दिनमा सार्वजनिक गरिने निर्देशक शाहले बताए । उनका अनुसार अहिले बनिरहेका सिनेमाभन्दा ‘प्रिन्स’ फरक स्वादको हुनेछ । कथावस्तुले दर्शकलाई नयाँ अनुभव दिने उनको विश्वास छ ।