महानायक राजेश हमालको ‘नरसिंहा: अवतार’मा सनिशा

द सिनेमा टाइम्स, काठमाडौं - दिवाकर भट्टराई निर्देशन निर्माण हुन लागेको सिनेमा ‘नरसिंहाः अवतार’मा कलाकारहरुको लाइनअप बलियो बन्ने देखिएको छ । सिनेमाको निर्माणपक्षले अहिलेसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको छ । एक्सन तथा सोसल ड्रामामा बन्ने सिनेमाको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुबन्धित भएकी छन् । मंगलबार निर्माणपक्ष र उनीबीच लिखित संझौता भइसकेको छ…