RIP: सिने पत्रकार सविन शाक्यद्वारा आत्महत्या !

RIP: सिने पत्रकार सविन शाक्यद्वारा आत्महत्या !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सिने पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ ५ बजे तिर गौरीघाट स्थित कोठामा कपडाको पासो लगाएर आत्महत्या गरेको ‘ब्ल्याक डायरी’मा निर्माता अनोज अधिकारीले जानकारी दिएका छन् ।

मुल घर काठ्माण्डाै लगनटाेलमा भएपनि डेरामा बस्ने शाक्यले ‘ब्ल्याक डायरी’ सिनेमाको स्क्रिप्ट समेत लेखेका हुन् । निर्माता अधिकारीका अनुसार परिवारको नाममा एउटा पत्र लेखेका छन् । पत्रमा परिवारको चाहना पुरा गर्न नसकेको दुःख व्यक्त गरेका छन् ।

शाक्यले विभिन्न छापा माध्यम र गितान्जली म्यागेजिनमा समेत कलम चलाएका थिए । उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन् ।  स्व.शाक्यलाई द सिनेमा टाइम्सको तर्फबाट हार्दिक श्रद्धाञ्जली !