‘सी यु अगेन’लाई सर्वाधिक भ्यु, तोडियो ‘गङनम स्टाइल’को रेकर्ड (टप ५)

‘सी यु अगेन’लाई सर्वाधिक भ्यु, तोडियो ‘गङनम स्टाइल’को रेकर्ड (टप ५)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यो समाचार तयार पर्दा भन्दा अगाडी सम्म युट्युबमा सर्वाधिक हेरिने गीतमा ‘गङनम स्टाइल’को नाम आउँन्थ्यो । तर, यो समाचार पढेसँगै विश्वमै सर्वाधिक हेरिने गीत कुन ? भन्दा तपाईले विज खलिफा र चार्ली पुथको ‘सी यु अगेन’लाई स्मरण गर्नु पर्नेछ ।

करिब पाँच वर्ष देखि सर्वाधिक भ्युजको उपाधि आफ्नो पक्षमा राखेको ‘गङनम स्टाइल’ अंकका आधारमा  ‘सी यु अगेन’भन्दा १ करोड पछाडी परेको छ । यो सर्वाधिक हेरिएको गीतमा समाचार तयार गर्दासम्म २ अर्व ९० करोड २३ लाख ३ हजार ६४ भ्युज प्राप्त भएको छ ।

त्यस्तै पीएसवाईको  ‘गङनम स्टाइल’लाई २ अर्व ८९ करोड ६१ लाख ३५ हजार ९ सय ९४ पटक हेरिएको छ । त्यस्तै सर्वाधिक हेरिने तेस्रो नम्बरमा जस्टिन बाइबरको ‘सरि’ रहेको छ ।

त्यस्तै मार्क रोनसनको ‘अपटाउन फङक’ चौथों र पाँचौमा लूइस फोन्सीको ‘डिस्पाचियो’ छ ।

१) सी यु अगेन (विज खलिफा र चार्ली पुथ)

भ्युज: २ अर्व ९० करोड २३ लाख ३ हजार ६४

२) गङनम स्टाइल (पीएसवाई)

भ्युज: २ अर्व ८९ करोड ६१ लाख ३५ हजार ९ सय ९४

३) सरि (जस्टिन बाइबर)

भ्युज: २ अर्व ६३ करोड ७८ लाख ८१ हजार ५ सय ४८ 

४) अपटाउन फङक (मार्क रोनसन)

भ्युज: २ अर्व ५५ करोड १८ लाख १७ हजार २ सय २० 

५) डिस्पाचियो (लूइस फोन्सी)

भ्युज: २ अर्व ५० करोड ३९ लाख ७२ हजार ५ सय २७