दीपेन्द्र र सुरजले भित्र्याए ‘Red 8-K’ क्यामरा (बिशेषतासहित)

दीपेन्द्र र सुरजले भित्र्याए ‘Red 8-K’ क्यामरा (बिशेषतासहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक दीपेन्द्र के खनाल र ‘लभ लभ लभ’ अभिनेता सुरज पाण्डेले नेपालमा अत्याधुनिक क्यामरा भित्र्याएका छन् । विहिबार प्रेसमिट गर्दै ९५ लाख मुल्यको ‘रेड एट’के हेलियम’ जडित क्यामरा सार्वजनिक गरे ।

यसअघि ‘फोर-के’ क्यामरामा खिचिदै आएको नेपाली सिनेमाले अब अझ चम्किलो, फराकिलो अत्याधुनिक क्यामरामा आफ्ना दृश्यहरु कैद गर्नेछन् । उच्च एट-के रेजुलेसन, उच्च डाईनामिक रेन्ज, अल्ट्रा लो लाईट छायाँकन, लाईट वईट क्यामरा, तार रहित सेटअप, इन बुल्ट माईक, रि-फ्रेमिङ यस क्यामराका विशेषताहरु रहेका छन् ।

साथै,क्यामरामा प्राइम सेट १८.५ एम.एम, २५ एम.एम, ३६ एम.एम, ५० एम.एम, ५० एम.एम र ८५ एम.एम फोकस लेन्थमा लेन्स पनि उपलव्ध छन् । सेलेर एच.एस. जर्मनी लेन्सका विशेषताहरुमा आकर्षक लूक्स, हाई स्पिड प्राइम सेट, दिप्थ अफ फिल्ड, अनकोटेड सिनेमा प्राइम, आकर्षक सार्पनेस र कन्ट्रास्ट, सानो तर आकर्षक साइज, फुल फ्रेम लागायत छन् ।

यो क्यामराले सिनेमा खिच्न चाहने मेकरले गहनापोखरीस्थित ‘डीएस डिजिटल’को कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।