छैटौ पटक भारतले जित्यो विश्व सुन्दरीको उपाधि !

छैटौ पटक भारतले जित्यो विश्व सुन्दरीको उपाधि !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘मिस वर्ल्ड २०१७’को ताज भारतले जितेको छ । चिनको सन्यामा आयोजित टप ५ फाईनलमा इंग्ल्याण्ड, फ्रान्स, केन्या र मेक्सिकोलाई पछी पार्दै भारतकी मानुषी चिल्लरले यो वर्षको ताज पहिरिइन ।

मानुषीलाई गत वर्षकी विश्व सुन्दरी पुइर्टो रिकोकी स्टेफन डेलले ताज पहर्याइन । त्यस्तै फस्ट रनरअप इंग्ल्याण्डकी स्टेफन हिल र सेकेन्ड रनरअप मेक्सिकोकी एनड्रे मेजा बनिन् । टप १० मा इन्डोनेसिया, रसिया, कोरिया, जमैका र साउथ अफ्रिकाका सुन्दरीहरु पनि परेका थिए ।

भारतले ‘मिस वर्ल्ड’ उपाधि जितेको यो छैटौ पटक हो । सन् १९६६, १९९४, १९९७, १९९९ र २००० को उपाधि यसअघि भारतले जितेको थियो । यो जितसँगै भारतले सर्वाधिक विश्व सुन्दरी दिएको भेनेजुएलासँग बरावरी गरेको छ । भेनेजुएलाले पनि ६ पटक विश्व सुन्दरीको उपाधि जितेको छ । अब भारत सर्वाधिक विश्व सुन्दरी भएको देश बनेको छ ।