अनमोललाई ५० लाख अफर कपोकल्पित समाचार: झरना थापा

अनमोललाई ५० लाख अफर कपोकल्पित समाचार: झरना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –  बेलाबखतमा आमसंचारबाट भ्रामिक समाचार सम्प्रेसन हुँदा प्रापक भ्रममा पर्ने गर्दछन । भने, जसको बारेमा समाचार लेखिएको हो उसलाई पनि नराम्रो असर पर्ने गर्छ ।

यसको पछिल्लो पिडित अभिनेत्री तथा निर्देशक झरना थापा बनिन् । केहि अनलाइन मिडियाहरुले झरनाद्वारा अनमोल केसीलाई ५० लाखको अफर गरिएको भ्रामिक समाचार सम्प्रेसन गरे । अहिले पनि नेपालमा केहि सिनेमा ५० लाखको बजेटमा निर्माण हुन्छन । सिनेमाको बजेटनै अनमोललाई अफर गरिएको समाचार सम्प्रेसन भएपछी एकाएक झरना र अनमोल चर्चामा आए ।

अन्तत: झरनाले उक्त समाचारलाई कपोकल्पित भन्दै खण्डन गरिन् । उनको स्टाटसमा गलत समाचार सम्वन्धित व्यक्तिमा पारेको असर झल्किन्छ । उनि लेख्छिन आज मात्र एउटा अनलाइनको समाचारमा म संग जोडिएको समाचार पोस्ट भएछ! खबरको सार एस्तो छ -मैले कलाकारलाई ५० लाख रुपैया दिएर सिनेमाको अफ़र गरेको……
सम्पूर्ण दर्शकको साथ अनि मिडिया र चलचित्रकर्मी सहयोगमा ,मैले निर्देशन गरेको चलचित्र ए मेरो हजुर -२ सुपरहिट चलचित्रको लिस्टमा पुग्न सफल भयो !धेरै राम्रो ब्यापार गर्यो ! नेपाली चलचित्रको बजार सानो भएकाले धेरै लगानीमा चलचित्र बनाउनु आफैमा धेरै जोखिम पनि छ ! 5% सिनेमाले मात्र मुनाफा कमाउछन् ! येस्तो अवस्थामा मैले एउटा कलाकारलाई ५० लाख अफ़र गर्नु त मेरो सोच भन्दा बाहिरको कुरा हो ! एउटा कलाकार लाई ५०लाख पारिश्रमिक दिएर चलचित्र बनाउदा ,चलचित्रको लागत कति पुग्ला? तपाईहरु पनि येही क्षेत्र संग जोडीनु भाकोछ ! मेरो फोन नम्बर धेरै रंग पत्रकारहरु संग छ कृपया यो समाचार लेख्नु अघि एकपटक म संग तपाइले किन सोध्नु भएन ..यो गसिब हो कि समाचार हो ? कपोलकल्पित कुरालाई समाचार बनाएर तपाईहरुको समाचार त बिक्ला तर हाम्रो चलचित्र उधोगको लागि राम्रो मेसेज जादैन !

केहि समय अगाडी अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफ्नो बलिउड डेब्युको समाचारलाई खण्डन गर्दै गलत रहेको प्रमाणित गरेकी थिइन् । मिडियाको गलत समाचारले गर्दा बेलाबखत सम्वन्धित व्यक्ति तनावमा पर्ने गरेका छन् ।