सर्वाधिक ग्रस कमाउने विश्वका १० सिनेमा

सर्वाधिक ग्रस कमाउने विश्वका १० सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अंग्रेजी वर्ष २०१७ सकिन अब डेढ महिना जति बाँकी छ । यो विचमा विश्वमा थुप्रै सिनेमा रिलिज भए । आज हामि यो वर्ष सर्वाधिक कलेक्सन गर्ने १० सिनेमाको बारेमा जानकारी दिदैछौ ।

यो वर्षमा अहिलेसम्मको सर्वाधिक ग्रसर ‘ब्युटी एण्ड द बिस्ट’ हो । विश्वव्यापी ४२१० पर्दामा रिलिज भएको सिनेमाले १ बिलियन, २६३ मिलियन डलर ग्रस गर्न सफल भयो । बिल कन्डन निर्देशित सिनेमा १ सय ६० मिलियन डलरमा निर्माण भएको थियो ।

त्यस्तै सर्वाधिक ग्रसरको दोस्रो नम्बरमा ‘द फेट अफ द फ्युरिएस’ १ बिलियन, २३५ मिलियन डलरका साथ छ । एफ, ग्यारी ग्रे निर्देशित सिनेमा २ सय ५० मिलियन डलरमा निर्माण भएको हो । तेस्रो नम्बरमा रहेको ‘डीस्पेकेबल मि ३’को १ बिलियन, ३१ मिलियन ग्रस छ । क्यैल बाल्डा, पियर कफिन र एरिक गिलेन संयुक्त निर्देशित सिनेमाको बजेट ८० मिलियन छ ।

८ सय ८० मिलियन डलर ग्रसका साथ ‘स्पाइडर म्यान- होमकमिङ’ चौथों नम्बरमा छ । जोन वाट्स निर्देशित सिनेमा १ सय ७५ मिलियन डलरमा निर्माण भएको हो । चाइनिज सिनेमा ‘उल्फ वारियर २’ ८ सय ७० मिलियन डलर कमाईका साथ पाँचौ नम्बरमा छ । यसको बजेट ३०.१ मिलियन डलर छ । ‘गार्डीइन्स अफ द ग्यालक्सी भोल्युम २’ले विश्वव्यापी ८ सय ३० मिलियन डलर कमाई गर्यो । २ सय मिलियन डलरमा निर्माण भएको सिनेमाका निर्देशक जेम्स गन हुन् ।

त्यस्तै सुचीको सातौ नम्बरमा १ सय ४९ मिलियन डलरमा निर्मित ‘वण्डर वमन’ छ । प्याटी ज्यान्किंस निर्देशित सिनेमाले विश्वव्यापी ८ सय २१ मिलियन डलर कमाउँन सफल भयो । त्यस्तै आठौँ नम्बरमा ७ सय ९४ मिलियन डलर कमाई गरेको ‘पाईराइट्स अफ द क्यारेबियन: डेड मेन टेल नो टेल्स’ छ । २ सय ३० मिलियन डलरमा निर्माण भएको सिनेमालाई जोकिम रोनिङ र एसपेन स्यानबर्गले निर्देशन गरेका हुन् ।

सुचीको नवौं नम्बरमा दुई साता अगाडी रिलिज भएको ‘थोर: र्याग्नरोक’ छ । १६ दिनमा यसको कलेक्सन ७ सय ३९ मिलियन डलर छ । १ सय ८० मिलियन डलरमा निर्माण भएको सिनेमालाई तैका वाईटिटीले निर्देशन गरेका हुन् । सिनेमा प्रदर्शनरत भएकाले यसको बरियतामा माथिल्लो नम्बर मिल्न सक्छ । त्यस्तै सुचीको दशौँ नम्बरमा ‘आईटि’ छ । जम्मा ३५ मिलियन डलरमा निर्मित सिनेमाको कलेक्सन ६ सय ८७ मिलियन डलर छ । यसका निर्देशक यान्ड्रेज मुसीएट्टी हुन् ।

स्रोत: बक्सअफिस मोजोबाट