फागुनमा सृष्टि र विनयको ‘रोमियो एण्ड मुना’

फागुनमा सृष्टि र विनयको ‘रोमियो एण्ड मुना’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – नेपाली सिनेमा ‘रोमियो एण्ड मुना’ अब फागुन ११ गतेबाट अलनेपाल रिलीज हुने भएको छ । सिनेमा वितरक कम्पनीहरुसंगको सम्झौतामा फिल्म रिलीज पक्का गरिएको निर्माता प्रसन्न गोपालीले जानकारी दिए । विनय श्रेष्ठ र श्रृष्टी श्रेष्ठले मुख्य भुमिका रहेको सिनेमालाई नरेशकुमार केसीले निर्देशन गरेका हुन ।

सिनेमाको सम्पुर्ण छाँयाकन धरान र काठमाण्डौमा गरिएको हो । सिनेमाको सम्पुर्ण छाँयाकन सकिएकोले अब केहि दिनमै सिनेमाको डविङ्ग र कलर करेक्सनको काम सुरु गर्ने निर्माता गोपालीले बताए । युवा वर्ग लक्षीत गरेर रोमियो एण्ड मुनाको कथा निर्देशक नरेशकुमार केसीले तयार पारेका हुन ।

सहरिया युवा र ग्रामिण भेगकी अपरिचित युवती विचको मित्रता र प्रेमकथामा सिनेमा निर्माण गरिएको छ । दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेको सिनेमामा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत रहेको छ । सिनेमालाई प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र नायक विनय श्रेष्ठको सहकार्यमा निर्माण गरिएको हो ।