anmol jasita

लिडीङ लेडी साम्राज्ञीको ‘तिमि सँग’ चैतमा

लिडीङ लेडी साम्राज्ञीको ‘तिमि सँग’ चैतमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘कलिउड लिडीङ लेडी’ साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत तेस्रो सिनेमा ‘तिमी संग’ले आफ्नो रिलीज मिती फाईनल गरेको छ । ‘तिमी संग’ अब चैत अन्तिम साता अर्थात २३ गतेबाट अलनेपाल रिलीज हुने निर्माता तथा निर्देशक शिशिर राणा बताए ।

शुक्रबार राणाले आफ्नो सामाजीक संञ्जाल फेसबुकबाट फस्टलुक पोस्टर रिलीज गर्दै सिनेमा रिलीज फाईनल भएको जानकारी दिए । ‘तिमी संग’ यस अघि भदौ ८ मा आउने चर्चा थियो, तर एक साता पछि साम्राज्ञी कै अर्को सिनेमा ‘ए मेरो हजुर २’ रिलीज हुने भए पछि निर्माताको आपसी सल्लाहमा ‘तिमी संग’ पछि हटेको थियो ।

‘तिमी संग’ अब चैत २३ बाट पछि नसर्ने समेत निर्देशकले बताए । ‘तिमी संग’को यस अघि नै दुई गीत र टिजर सार्वजानीक भैसकेका छन । भने, एउटा गीतको केही समय पहिले मात्रै अन्नपुर्ण बेस क्याम्पका सुटिङ गरिएको थियो । ‘तिमी संग’ राणाको निर्देशकिय डेव्यु सिनेमा हो । भने, सिनेमामा साम्राज्ञीको अलावामा अभिनेता आकाश श्रेष्ठ र नाजीर हुसेन मुख्य अभिनयमा छन् । सिनेमामा कविराज गहतराज र रामजी लामिछानको कोरियोग्राफी रहेको छ । सुशिल श्रेष्ठको छाँयाकन, रोशन श्रेष्ठको एक्सन सिनेमामा हेर्न पाइनेछ ।