चुनावको भोलिपल्ट ‘दीपज्योती’ !

चुनावको भोलिपल्ट ‘दीपज्योती’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘दिपज्योती’ दोस्रो चरणको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको भोलीपल्ट अर्थात मंसीर २२ गते बाट अल नेपाल रिलीज हुने भएको छ । निर्वाचन र विवाहको महिना भएकोले पनि निर्माता सिनेमा रिलीज गर्न डराई रहेको अवस्थामा ‘दिपज्योती’ सोलो रिलीज हुने भएको छ ।

‘दिपज्योती’मा रजनी केसी, सरोज खनाल, खुश्वु खड्का, निर शाह, प्रमोद दिप, पुस्कर रेग्मी लगायतका कलाकारले अभिनय छ । एनपी फिल्मसको व्यानरमा निर्माण भएको सिनेमालाई नारायण मैनालीले निर्देशन गरेका हुन । कृष्ण दनाल प्रस्तुतकर्ता रहेको सिनेमामा निरञ्जन ठाकुर र अञ्जना राई ठकुरीले लगानी गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द, रामशरण उप्रेती र राहुल राईको छाँयाकन रहेको छ ।