श्रीलंकालाई ४, नेपाल र भारतलाई ३-३ अवार्ड (सुचीसहित)

श्रीलंकालाई ४, नेपाल र भारतलाई ३-३ अवार्ड (सुचीसहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यो वर्षको सार्क फिल्म फेस्टिभलमा नेपालले ३ अवार्ड जितेको छ । सिनेमा ‘डाईङ क्यान्डल’बाट भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड हात पारेका छन् । त्यस्तै ‘कालो पोथी’ले ‘बेस्ट फिल्म ओपन’ विधामा अवार्ड जित्दा यसै सिनेमाबाट जसोन कुँवरले ‘बेस्ट ओर्जिनल स्कोर’मा अवार्ड जिते ।

त्यस्तै ‘बेस्ट फिचर फिल्म’, ‘बेस्ट एक्टर’, ‘बेस्ट डाईरेक्टर’ र ‘जुरी-मेन्सन’ अवार्डमा श्रीलंकाले कब्जा जमायो । १४ विधा सम्हिलित समारोहमा भारतले ‘स्पेसल जुरी अवार्ड’, ‘बेस्ट साउण्ड डिजाईनर’, र ‘छायाँकन विधामा जुरी’ अवार्ड सहित ३ विधा आफ्नो पक्षमा पार्यो ।

अफगानिस्तानले ‘बेस्ट सिनेम्याटोग्राफी’ र ‘बेस्ट सर्ट फिल्म’को अवार्ड जित्दा बंगलादेशले ‘बेस्ट स्क्रिनप्ले’ र माल्दिभ्सले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जिते । सार्कका ८ देश सहभागी फेस्टिभलमा भुटान र पाकिस्तान अवार्ड विहिन भए ।

अवार्ड विजेताहरु:

स्पेसल जुरी अवार्ड: पिंकी ब्युटीपार्लर (भारत)

स्पेसल जुरी अवार्ड- स्पेसल मेन्सन: फ्रंगीपानी (श्रीलंका)

बेस्ट साउण्ड डिजाईनर: रक्षित थान्त्री-पिंकी ब्युटीपार्लर (भारत)

बेस्ट एडिटर: भुपेन्द्र अधिकारी- डाईङ क्यान्डल (नेपाल)

बेस्ट सिनेम्याटोग्राफी: अहमद जिया अरष- द बर्ड वाज नट अ बर्ड (अफगानिस्तान)

स्पेसल जुरी मेन्सन सिनेम्याटोग्राफिक: स्वप्निल सोनावाने- ताण्डव (भारत)

बेस्ट स्क्रिनप्ले: तकक्युइर अहमद- ओग्गाटोनामा (बंगलादेश)

बेस्ट ओर्जिनल स्कोर: जसोन कुँवर- कालो पोथी (नेपाल)

बेस्ट एक्ट्रेस: ऐशाथ रिष्मी- विश्का (माल्दिभ्स)

बेस्ट एक्टर: दसुना पथियालाना, जेथन अप्पुहामि र भूमि हरेंद्रण- फ्रंगीपानी (श्रीलंका)

बेस्ट सर्ट फिल्म: द वाटर (अफगानिस्तान)

बेस्ट डिरेक्टर: अशोका हन्दगामा- लेट हेर क्राइ (श्रीलंका)

बेस्ट फिल्म ओपन: कालो पोथी (नेपाल)

बेस्ट फिचर फिल्म: लेट हर क्राइ (श्रीलंका)