सलिनमानले अनलाइन कपडा पसल संचालनमा ल्याए !

सलिनमानले अनलाइन कपडा पसल संचालनमा ल्याए !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘ए मेरो हजुर २’ डेब्यु अभिनेता सलिनमान बनियाँले व्यापार सुरु गरेका छन् । उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । जहाँ पुरुषको लागि ब्रान्डेड कपडाहरु पाईने छन् ।

आफ्नो पहिरनमा निक्कै ध्यान पुर्याउने सलिन भन्छन ‘अहिले महिलाको तुलनामा पुरुषको लागि कपडा पाउँन निक्कै गाह्रो छ । स्पेसली म । यहाँ धेरै पुरुषका लागि तयार गरिएका कपडा पसल छन् । तर, पनि तपाईले साचिकै खोजेको जस्तो कपडा पाउँन गाह्रो छ । त्यसैले मैले पुरुषको पहिरनलाई मध्येनजर गर्दै ‘बनमनिया’ संचालनमा ल्याएको हु । यहाँ अन्यको तुलनामा महँगो अवश्य पर्नेछ । तर, क्वालिटीमा कम्परमाइज हुनेछैन ।’

अनलाइनको माध्यमबाट कपडा खरिद गर्न सकिने ‘बनमनिया’मा विभिन्न देशका क्वालिटीयुक्त कपडा पाईने सलिनले जानकारी दिए । साथै, इन्स्टाग्राममा @banmania बाट पनि कपडा अर्डर गर्न सकिनेछ ।

 

‘ए मेरो हजुर २’बाट एक्कासी हाइप पाएका सलिनले पहिलो सिनेमाबाटै थुप्रै फ्यान कमाएका छन् । त्यसैले सिनेकर्मी सलिनमा सिनेमा अफर गर्न घरसम्मै पुग्ने गरेको स्रोत बताउँछ । तर, सलिनले अहिलेसम्म कुनै पनि अफर स्वीकारेका छैनन् । व्यापार तिर लागेका सलिनलाई के दर्शकले अब सिनेमामा देख्न पाउँलान त ?