प्रशान्त जस्तै लोकप्रिय बन्लान् त वसिम ?

प्रशान्त जस्तै लोकप्रिय बन्लान् त वसिम ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – केहि समय अघि अनुपविक्रम शाहीले ‘हँसिया’बाट खलनायकको रुपमा आफुलाई स्थापित गरे । यसै बर्ष रिलीज भएको सिनेमा ‘ऐश्वर्य’मा प्रशान्त ताम्राकारले गरेको नेगेटिभ भूमिकाको चर्चा अहिलेसम्म पनि सेलाएको छैन । त्यसैले पनि सिनेमाका निर्माता/निर्देशक एन्टागोनिस्ट पात्रलाई फोकस गर्न थालेका छन ।

सिनेमा भित्र प्रोटागोनिस्टलाई अवरोध उत्पन्न गर्न एन्टागोनिस्ट पात्र सशक्त हुन जरुरी देखिन्छ । यसैले पनि सिनेमा ‘हैरान’ युनिटले एन्टागोनिस्ट पात्र अर्थात् भिलेनलाई अगाडी ल्याएको छ । सिनेमा ‘हैरान’बाट करातेको खेलाडी एम.डी वसिम राजाले नेपाली सिनेमामा भिलेनको रुपमा इन्ट्री गरेका छन् । ‘हैरान’का निर्माता तथा कलाकार गजित बिष्ट भन्छन ‘वसिमले राम्रो अभिनय गर्नु भएको छ । सबैलाई उहाँको कामले प्रभावित बनाएको छ । वसिमको अभिनयले हामिलाई मात्रै होइन, दर्शकलाई पनि छुनेछ । यो कुरामा म ढुक्क छु ।’

सिनेमालार्इृ विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन । विश्वकै कान्छा निर्देशकसँग काम गर्न पाउँदा आफुलाई पनि रमाइलो लागिरहेको वसिम बताउछन । पहिलो पटक नेपाली सिनेमामा काम गरेको बताउने वसिमले यसअघि साउथ इन्डियन सिनेमामा पनि काम गरिसकेका छन् रे । नेपाली टिमसँग काम गर्दा प्राविधिक र कालाकारले गरेको मेहनतको प्रशंसा पनि गर्न भ्याए वासिमले । अहिले सिनेमाको डविङ गरिरहेका वसिम आफैले स्वर रेकर्ड गराएका छन् । उनलाई नेपाली भाषा प्रष्ट आउने उनि बताउछन् ।

‘हैरान’मा गजित र वसिमसंगै सत्यराज आचार्य, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी लगायतका कालाकारको अभिनय छ । डबिङको अन्तिम चरणमा रहेको सिनेमालाई आउदो बर्षको बैशाखमा रिलिज गर्ने निर्माण पक्षको लक्ष्य छ ।

निर्माण टिमले अहिले वसिमको प्रशंसा गरेपनि उनलाई भिलेनको रुपमा दर्शकले पत्याउनु पर्नेछ । आशा गरौ प्रशान्त र अनुपविक्रम जस्तै वसिमले पनि पनि भिलेनको भूमिकामा छाप छोड्नेछन् ।