भिडियोद्वारा घोषणा भयो सुशील र रुबिनाको ‘लभ डायरिज’

भिडियोद्वारा घोषणा भयो सुशील र रुबिनाको ‘लभ डायरिज’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘लभ डायरिज’ बन्ने भएको छ । सौरभ चौधरीले निर्देशन गर्ने सिनेमाका लागि सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकार फाईनल भएका छन् ।

सिनेमाको लागि ‘कारखाना’ अभिनेता सुशील नयाँ अवतारमा देखिने छन् । निर्माण टिमले सुशीलको न्यु लूक्स समेत सार्वजनिक गरेको छ । सम्पादक साहिल खानले यो सिनेमामा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, सिनेमामा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ ।

‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमामा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सहनिर्माण रहनेछ । चुनाव सकिए लगतै छायाँकनमा जाने सिनेमामा संजय लामाको छायाँकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । प्राय सिनेमाको घोषणा प्रेसमिट गरेर गर्ने गरिन्छ । ‘लभ डायरिज’ले भने पहिलो पटक भिडियोद्वारा सिनेमा घोषणा गरेको छ ।

भिडियो:-