यहिँ वर्ष आउने भयो प्रदीपको ‘लिलिबिली’, क्रिसमसमा गीत !

यहिँ वर्ष आउने भयो प्रदीपको ‘लिलिबिली’, क्रिसमसमा गीत !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छायाँकनरत सिनेमा ‘लिलिबिली’ले आफ्नो रिलिज डेट तय गरेको छ । पहिले देखि नै चैत ३० मा आउने भनिएको सिनेमा अन्योलमा थियो । तर, सिनेमाका निर्माता गोविन्द शाहीले पुर्वनिर्धारित मितिमै रिलिज गर्न तयार रहेको कन्फर्म गरे ।

युकेका रमणीय स्थल छायाँकन भैरहेको सिनेमाको ५५ प्रतिशत काम सकिएको छ । अब विदेश छायाँकनको ३५ प्रतिशत काम बाँकी छ । ‘चैत ३० मा काम सकिदैन की भन्ने अन्योल थियो । तर, टिमले राम्रो काम गरिरहेकोले पुर्वनिर्धारित मितिसम्म सिनेमा सम्पूर्ण पक्षबाट तयार हुने भएपछी यो मितिलाई लक गरिएको हो ।’ वितरक समेत रहेका शाहीले बताए । साथै, क्रिसमसमा सिनेमाको पहिलो गीत समेत सार्वजनिक गरिने जानकारी दिए ।

मिलन चाम्सले एक्सनकट गरिरहेको सिनेमामा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीको मुख्य भूमिका छ । स्थानीय काउन्सिलको अनुमति र १० मिलियन पाउन्डको पब्लिक ल्याबिलिटी इन्सुरेन्स (पीएलआई) गरेर छायाँकन गर्न चुनौती र अवसर दुवै आफुले महसुस गरेको निर्देशक चाम्सले बताए ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्दका अलावा सुदिप खड्का र निर्देशक चाम्सको पनि लगानी छ ।