द सिनेमा टाइम्स, काठमाडौँ – भारतको बहुप्रतिक्षित सिनेमा ‘२.०’ बैशाख १४ मा रिलिज हुने भएपछी यो मितिमा रिलिज हुने नेपाली सिनेमा ‘कोहलपुर एक्सप्रेस’लाई असर पर्ने भएको छ । ‘२.०’ले नेपालका मल्टीप्लेक्स र सिंगलमा आफ्नो कब्जा जमाउनेछ ।
‘कोहलपुर एक्सप्रेस’लाई अभिनेत्री केकी अधिकारीले निर्माण गरेकी हुन् । भारतीय सिनेमाको इतिहाँसमै महँगो बजेटमा निर्माण भएको ‘२.०’मा बलिउड सुपरस्टार अक्षय कुमार र तामिल सुपरस्टार रजनीकान्तको मुख्य भूमिका छ ।
भारतमा ‘२.०’ भर्सेज ‘एभेन्जर: इन्फीनिटि वार’
अमेरिकाको लागि ४ मेमा रिलिज मिति तोकेको ‘एभेन्जर: इन्फीनिटि वार’ भारतमा भने अप्रिल २७ अर्थात बैशाख १४ मै आउने भएको छ । यो हलिउड सिनेमाको भारत रिलिजलाई लिएर ‘२.०’को बक्सअफिस कलेक्सनमा असर पुग्ने भारतीय मिडियाहरुले लेखेका छन् । भारत मितिमै नेपालमा पनि एभेन्जर: इन्फीनिटि वार’ रिलिज भयो भने केकीको ‘कोहलपुर एक्सप्रेस’लाई झनै असर पर्नेछ । हलिउड सुपरहिरोको सिनेमा नेपालमा पनि प्रतिक्षित छ । केहि समय अगाडी रिलिज भएको यसको ट्रेलर नेपाल युट्युब ट्रेन्डीङ नम्बर १ मा पनि आएको थियो ।
यदि अमेरिकी डेट ४ मे मा नेपाल रिलिज हुँदा पनि ‘कोहलपुर एक्सप्रेस’ले दोस्रो सातामा धेरै हल पाउने छैन । अहिले सिनेवृतमा केकीले सिनेमा पोस्टपोन्ड गर्नु विकल्प नरहेको सुझावहरु आईरहेका छन् । हेरौ, केकीले सेफ ल्यान्डिङ खोज्छिन या त निर्धारित मितिमै सिनेमा रिलिज गर्छिन् !
यो पनि पढ्नुस:
प्रतिक्रिया