द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी अहिलेका सर्वाधिक रुचाईएका अभिनेता हुन् । लगातार हिट सिनेमा दिईरहेका अनमोललाई पर्दामा हेर्न नपाईएको लामो समय भैसकेको छ । र, यो इच्छ्या पुरा माघ २६ मा रिलिज हुने ‘कृ’ले गर्नेछ ।
यसैबीच अनमोलका फ्यानका लागि एक्सक्लुसिभ न्युज रहेको छ । यी युवास्टार नयाँ सिनेमामा अनुबन्धित भएका छन् । दिवाकर भट्टराईले निर्देशन गर्ने नयाँ सिनेमा ‘क्याप्टेन’मा अनमोलले अभिनय गर्नेछन् । दिवाकरले यसअघि ठुलो क्यानभासको ‘ऐश्वर्य’ निर्देशन गरेर तारिफ बटुलेका थिए ।
सिनेमा फागुन पहिलो साताबाट छायाँकन जानेछ । काजल फिल्मसको व्यानरमा भुवन केसीले निर्माण गर्ने सिनेमामा सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहनेछ । ‘क्याप्टेन’लाई अर्को वर्षको तीजमा रिलिज गरिने लक्ष्य रहेको जानकारी प्राप्त भएको छ । स्मरण रहोस, दिवाकरले अनमोल अभिनित ‘ड्रिम्स’मा सहनिर्देशनको काम सम्हालेका थिए ।
प्रतिक्रिया