चलचित्र विकाश बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

चलचित्र विकाश बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – चलचित्र विकाश बोर्ड अध्यक्षमा निकिता पौडेल नियुक्त भएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो । अब निकिता विकाश बोर्डको पहिलो महिला लिडर बनेकी छन् ।

जेठ २४ मा निवर्तमान अध्यक्ष राजकुमार राईको कार्यकाल सकियपछी केहि महिना बोर्ड अध्यक्ष विहिन भएको थियो । त्यस लगतै संचार मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त नगर्दासम्मको लागि कामचलाउ अध्यक्षमा चलचित्र जाँचपास समितिका अध्यक्ष तथा संचार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई नियुक्ति गरेको थियो ।

निकिता गोपीकृष्ण टिभी फिल्मी, गोपीकृष्ण मुभिज, र नेपाल चलचित्र विकाश कम्पनिको अध्यक्ष समेत हुन् ।