यौन मनोविज्ञानमा आधारित ‘मिस्टर भर्जिन’ घोषणा

यौन मनोविज्ञानमा आधारित ‘मिस्टर भर्जिन’ घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यौन मनोविज्ञानमा आधारित सिनेमा ‘मिस्टर भर्जिन’ बन्ने भएको छ । राजधानीमा आयोजित प्रेसमिटमा निर्देशक विशारद बस्नेतले सिनेमा ‘सेक्स कन्टेन्ट’मा नभएर केहि भर्जिन पात्रहरुको मनोविज्ञानमा बन्ने जानकारी दिए ।

‘केहि भर्जिन पात्रहरुले भोगेको परिस्थिति र त्यसबाट उत्पन्न हुने घटनालाई पूर्ण मनोरंजन दिने गरि कमेडी फ्लेवरमा सिनेमा निर्माण हुनेछ । सुन्दा अलिक ‘अड’ लाग्ने शिर्षक भएपनि सिनेमा सपरिवारले हेर्न मिल्ने बन्नेछ । आशा छ, रिलिज हुँदासम्म यसले राम्रो हाइप पाउनेछ ।’ निर्देशकले भने ।

लेखन र मुख्य सहायक निर्देशन महेश दवाडी रहेको सिनेमामा गौरव पहारी, मरिश्का पोखरेल, भोलाराज सापकोटा, कमलमणि नेपाल, विजय बराल, रविन्द्र झा, सिर्जना सुब्बा, लोकेन्द्र लेखक, सागर ढकाल, कुलदीप अधिकारी लगायत थुप्रै कलाकारको अभिनय छ ।

सुरज पण्डित, श्रीकृष्ण वम मल्ल, बुलेट, आधासुर, आरजे, मिस्टर प्रिन्सको संयुक्त संगीत रहने ‘मिस्टर भर्जिन’मा रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वार/दीपकमान सिंहको कोरियोग्राफी, दीपक ओलीको क्रियटिभ निर्देशन रहनेछ । मंसीर २९ गतेबाट छायाँकनमा उत्रिने सिनेमालाई काठमाडौं वरिपरी र विशेष गरेर ठमेलमा खिचिनेछ । सिनेमा बैशाख अन्तिम सातामा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

वर्ल्ड वाइड फिल्म डिस्ट्रिब्युसनको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेत रहेका छन् । भने, सहनिर्माताको रुपमा सन्दीप उप्रेती र मनिष खत्री छन् ।