‘ह्याप्पी डेज’ ट्रेलर लन्च विहिबार, हेर्नुहोस् टिजर

‘ह्याप्पी डेज’ ट्रेलर लन्च विहिबार, हेर्नुहोस् टिजर

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौँ मिलन चाम्स निर्देशित तेस्रो सिनेमा ‘ह्याप्पी डेज’को ट्रेलर विहिबार सार्वजनिक गरिने भएको छ । नेपाली सिनेमा क्षेत्रमा छोटो समयमै चर्चा पाएका निर्देशक चाम्सको यो सिनेमा प्रतिक्षित छ ।

दयाहाङ राई, प्रियंका कार्की र संजय गुप्ताको मुख्य भूमिका रहेको सिनेमा बेलायतमा छायाँकन गरिएको हो । यसअघि सिनेमाका दुई गीत ‘चेप्टे चेप्टे पेरुंगो’, ‘तिमि बिना’ र टिजर सार्वजनिक भैसकेका छन् ।

साढे २ करोडको बजेटमा निर्माण भएको सिनेमामा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।  चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित सिनेमा माघ १२ गते रिलिज हुदैछ ।