पहिलो रंगीन सिनेमाका संगीतकार चन्द्रराज शर्माको निधन

पहिलो रंगीन सिनेमाका संगीतकार चन्द्रराज शर्माको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – संगीतकार चन्द्रराज शर्माको विहिबार विहान निधन भएको छ । उनि उच्च रक्तचाप र मधुमेहका विरामी थिए । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि विहान ११ बजे देखि दिउँसो १ बजेसम्म पशुपति आर्यघाटमा राखिने पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

शर्मा पहिलो नेपाली रंगीन सिनेमा ‘कुमारी’का संगीतकार हुन् । शर्माले सिनेमामा शिवशंकर मानन्धरसँग संयुक्त रुपमा संगीत दिएका थिए । उनले संगीत भरेको ‘मनमा माया तनमा माया’को बोलको गीत अहिले पनि चर्चित नै छ ।

शर्माले ‘श्री स्वस्थानी’ ‘महाकवी देवकोटा’ लगायत अन्य थुपै गीतमा संगीत भरेका छन् । सुनौला घाम झुल्केन, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान) लगायत उनका चर्चित गीत हुन् ।

https://youtu.be/9rnWWLLYx5s