विनयको भल्गर ‘स्याण्डविच’लाई टिभीमा प्रतिबन्ध

विनयको भल्गर ‘स्याण्डविच’लाई टिभीमा प्रतिबन्ध

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – साता अगाडी भव्य प्रेसमिट गर्दै सिनेमा ‘रोमियो एण्ड मुना’ले राजधानीमा ‘स्याण्डविच मी…’ बोलको गीत सार्वजनिक गर्यो । प्रेसमिटमै सिनेमाका मुख्य कलाकार विनय श्रेष्ठ जब दुई विकिनी गर्लका साथ नाच्दै उपस्थित भए, तब प्रेसनै अचम्ममा पर्यो । केहि नयाँ गरेर चर्चामा आउने जुन उद्येश्यका साथ गीत रिलिज गरिएको थियो, तर नजिता भने ठ्याक्कै उल्टो आईपरेको छ, ‘रोमियो एण्ड मुना’ टिमलाई ।

प्रेसमिट पश्चात यो टिम आलोचित बन्यो । स्विमिङ पुल र समुन्द्री तटमा सुहाउने पहिरन प्रेसमिटमै ‘शो’ गरेपछी, यसलाई पब्लिसिटीको ‘चिप’ फण्डाको ट्याग भिराईयो । अनलाइन पोर्टलहरुमा प्रेसमिटका समाचार भिडियोसहित सम्प्रेसन भएपनि टेलिभिजनमा भने विनयले गरेको फण्डा सेन्सर पास भएन ।

अब भने सिनेमाको गीतनै टेलिभिजनमा नबज्ने भएको छ । टेलिभिजनहरुले गीतको भिडियोलाई ग्ल्यामर भन्दा पनि भल्गरको ट्याग भिराएका छन् । उसो त यसको भिडियोलाई युट्युबले पनि मनिटाइजेशन गरेको छैन । यो भिडियो युट्युबमा पनि सिमित उमेर समुहले मात्र हेर्न पाउनेछन् ।

फागुन ११ गते प्रदर्शनमा आउने सिनेमाले गाउँले मुना र शहरिया रोमियोबीचको कथा भन्छ । निर्देशक नरेश कुमार केसी भने रोमियाको क्यारेक्टर अनुसारकै उक्त गीतको भिडियो बनाइएको दाबी गर्छन्  ।

प्रशन्न गोपालीले निर्माण गरेको सिनेमामा विनयका अलावा सृष्टि श्रेष्ठ, प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय छ ।