एकसाता अगाडी नै ‘मन त मेरो परदेशी’

एकसाता अगाडी नै ‘मन त मेरो परदेशी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पौष २१ बाट अलनेपाल रिलीज हुने भनिएको सिनेमा ‘मन त परदेशी ‘अब एक हप्ता अघि सरेको छ । निर्माण टिमले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो सिनेमा एक साता अघि अगाडी सारिएको जानकारी दिएको हो । अब सिनेमा पुष १४ मा रिलिज हुनेछ ।

रोजगारीको लागी अरबी मुलुक जाने नेपाली युवाहरुले झल्ने र झेल्दै आइरहेको पिडालाई सिनेमाले उठान गरेको निर्देशक देव नेपालले बताए । सिनेमालाई दुर्गा बहादुर खड्का र भुवनशर्मा कंडेलले मिलेर निर्माण गरेका हुन । पत्रकार भेटघाट कार्यक्रममा सिनेमाका मुख्य कलाकार दिपेश राज पाण्डे, समिता गिरी, निर्माता दुर्गा बहादुर खड्का र निर्देशक देव नेपाल उपस्थीत थिए ।

विदेशी भुमीमा नेपालीले भोग्ने पिडा माथी सिनेमा निर्माण गरेको भन्दै दर्शकले हलमा गएर सिनेमा हेर्दा आफ्नै कथा महशुस गर्ने निर्माता खड्का बताए । सिनेमामा दिपेश राज पाण्डे, समिता गिरी, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलाकारले अभिनय गरेका छन । पुष्कर सुनारको संगीत रहेको सिनेमामा मर्भुमी नारायण र राजेन्द्र कुमार थापाको छायाँकन रहेको छ ।