देशभरका हलमा सलमानको ‘टाइगर जिन्दा हे’

देशभरका हलमा सलमानको ‘टाइगर जिन्दा हे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रचारप्रसार विना नै राजेश ढुंगाना अभिनित ‘ब्याड ब्वाय’ यो साताको फ्रेस नेपाली रिलिज हो । साथै, बलिउड बहुप्रतिक्षित ‘टाइगर जिन्दा हे’ देशभर प्रदर्शनमा आएको छ । सलमान खान र कट्रिना कैफ स्टारर सिनेमाले अन्य सिनेमालाई छायाँमा पारेको छ । देशभर अधिकाँस हलमा यसले पकड जमाएको छ ।

प्राय: बलिउडका ठुला सिनेमा रिलिज हुँदा नेपाली सिनेमाले आफ्नो प्रदर्शन गर्न हिच्किचाउनु स्वाभाविक भैसकेको छ । त्यसैले आशा गरिएका नेपाली सिनेमा यो साता प्रदर्शनमा आएनन । ‘टाइगर जिन्दा हे’ देशभर १ सय २५ र विश्वव्यापी ५ हजार ७ सय बढी हलबाट प्रदर्शनमा आएको छ ।

अलि अब्बास जफर निर्देशित सिनेमा १ सय ५० करोडको बजेटमा निर्माण भएको हो । यसले विकेन्डमै लगानी उठाउने आँकलन गरिएको छ ।