पोखरामा तेस्रो ‘पिम्फ’ सुरु

पोखरामा तेस्रो ‘पिम्फ’ सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पोखरामा विहिबारदेखि तेस्रो ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव’ (पिम्फ) सुरु भएको छ । बालमनोवैज्ञानमा आधारित सिनेमा ‘जालगेडी’को स्क्रिनिङसँगै पोखरा सभाग्रहमा ‘पिम्फ’ २०१७को सुरुवात गरियो ।

पोखरा फिल्म सोसाइटीको आयोजनामा तिन दिनसम्म चल्ने फेस्टिभलमा स्वदेश र विदेशका वृत्तचित्र, लघु, कथानक, प्रयोगात्मक, एनिमेसन विधाका ४३ सिनेमा प्रदर्शन गरिनेछन् । सय बढी देशका ९ सय सिनेमा मध्ये ४३ सिनेमा मात्र प्रदर्शनीका लागि उत्कृष्ट रहेको महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए ।

समाजमा सकारात्मक सन्देस प्रवाह गर्ने सिनेमालाई मात्र स्थान दिईएको महोत्सवमा नेपालबाट २६ र विदेशबाट १७ सिनेमा छनोट गरिएका छन् । त्यसमध्येमा पोखराका दुई सिनेमा समेत परेका छन् । महोत्सवको पहिलो दिन १०, दोस्रो दिन २० र अन्तिम दिनमा १३ सिनेमा प्रदर्शन गरिने सेड्युल रहेको छ ।

हिमाली क्षेत्र आसपासका संस्कृति, आदिवासी जनजातिको जनजीवन, परम्परा, खेलकुद, जैविक विविधता र पर्यावरणको संरक्षण र प्रवद्र्धनमा फिल्ममार्फत जनचेता अभिवृद्धि गर्ने महोत्सवको लक्ष्य रहेको छ ।