स्व. श्रीको जन्मदिनमा श्वेताको हृदयस्पर्सी स्टाटस

स्व. श्रीको जन्मदिनमा श्वेताको हृदयस्पर्सी स्टाटस

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आज स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मदिन हो । तिन वर्ष अगाडी साउन २४ गते दिल्लीस्थित एपोलो अस्पतालमा डिप निमोनियाका कारण श्रीले अल्पआयुमै ज्यान गुमाउनु परेको थियो । त्यो समय श्री ४७ वर्षका थिए ।

आज श्रीको ५० औं जन्मजयन्ति हो । श्रेष्ठले २०४७ सालमा भूँमरी सिनेमाबाट अभिनेताको रुपमा फिल्मी करिअर सुरु गरेका थिए ।
उनले धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, राम बलराम, कहाँ भेटियलालगायत एकसय बढी सिनेमामा अभिनय गरेका छन् ।
उनी नेपाली सिने जगतको विवादमा नपरेका कलाकार हुन् । बिशेषत पारिवारिक सिनेमामा उनी रुचाइएका थिए । अनिनय र नृत्यको लागि श्रेष्ठको विशेष चर्चा हुने गर्थ्यो ।

श्रीको जन्मदिनको अवसरमा पत्नी श्वेता खडकाले भिडियोसहित लामो स्टाटस लेखकी छन् । जुन हृदयस्पर्सी छ ।