‘उल्झन’ फस्टलूक

‘उल्झन’ फस्टलूक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘उल्झन’को फस्टलूक पोस्टर रिलीज गरिएको छ । मुख्य तिन कलाकार फिचर्ड पोस्टर अंग्रेजी नयाँ बर्षको अवसर पारेर सार्वजनीक गरिएको हो ।

‘उल्झन’ पोस्टरमा अभिनेत्री रजनी केसी, अभिनेता धुव्र दत्त, बेनी ढुगांना फोकस छन् । चैत्र २ गतेबाट अलनेपाल रिलीज हुने सिनेमाको यतिवेला युरोपका विभिन्न ठाँउमा प्रदर्शनको तयारी भैरहेको छ । जसको तयारीको लागी सिनेमा निर्देशक राजु अधिकारी युरोप पुगेका छन ।

तेजेन्द्र कँडेल प्रस्तुतकर्ता रहेको सिनेमालाई नारायण ढुगांना, नविन अधिकारी, हरिकृष्ण कार्कीले मिलेर निर्माण गरेका हुन । ‘उल्झन’ युरोपमा रहने नेपाली युवाहरुको संघर्षको कथामा निर्माण भएको छ ।